Tuesday, February 28, 2012

अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाको बन्दको

तोकिएको समयमा सविधान निमार्ण सिघंयताको खारेजी र स्थानीय निकायमा शिघ्र निर्वाचनको माग गर्दै राष्ट्रिय जनमोर्चाले आज गरेको लुम्बिनी र राप्ती अञ्चल बन्दको प्रभाब अर्घाखाँचीमा पनि पुर्ण रुपमा परेको छ । बन्दका कारण सदरमुकाम सन्धिखर्क चुत्राबेसी लगायत ग्रामीण क्षेत्रमा समेत सवारी साधन चलेका छैनन् । बजार शैक्षिक सस्था कल कारखाना पुर्ण रुपमा बन्द रहेका छन् । बजार र बजारका गल्ली सदाको तुलनामा सुनसान रहेका छन् । सदा गडीहरु गुड्ने सडकमा बालबालिकाहरु खेलिरहेका छन् । बन्दका क्रममा एम्बुलेन्स प्रेसका साधन दुधका सवारी साधन शबवाहन जस्ता अत्यआवश्यकिय साधन लाई नियमित सन्चालन गर्न दिने राष्ट्रिय जनमोर्चाले जनाएको छ । बन्दको पुर्वसन्ध्यामा हिजो जनमोर्चाले सन्धिखर्कमा मसाल जुलुस निकालेको थियो ।