Thursday, February 16, 2012

सन्धिखर्कमा अर्घाखाँचीको १८ औं जिल्ला परिषद बैठक

अर्घाखाँचीको १८ औं जिल्ला परिषद बैठक अर्घाखाँची जिल्लाको नगरपालिका सन्धिखर्कमा आयोजना गरियो । उक्त समारोहमा स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीको प्रमुख उपस्थिती रहेको थियो। समारोहमा काग्रेस केन्द्रिय सदस्य एवं सभाषद पुष्पा भुसाल, माओवादी पोलिटब्युरो सदस्य डिलाराम आचार्य, एमाले सभाषद नजिर मियाँले आ- आफ्ना विचारहरु राखेका थिए । यसैगरी समारोहमा अर्घाखाँची जिल्लाको विकास निर्माण तथा अन्य गतिविधिहरुमा उत्कृष्ट समाचार तथ सुचना सम्प्रेषणमा उच्च मुल्याकंन गर्दै जिविसले १८ औं जिल्ला परिषद बैठक सार्वजनिकीकरण समारोहमा अर्घाखाँची डटकम अनलाईनका सम्पादक वीरेन्द्र केसीलाई सम्मान सहित नगद पुरस्कारले पुरस्कृत गरेको थियो । समारोहमा स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेलले २०६८, ६९ को लागि १ अरब ७ करोड ८४ लाख ९० हजार र आर्थिक वर्ष २०६९, ७० को लागि १ अबर ६८ करोड ४३ लाख ७१ हजार अनुमानित बजेर प्रस्तुत गरेका थिए । कार्यक्रममा सभाषद विमला केसी प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे माओवादीका केन्द्रिय सल्लाहकार राजु नेपाली काग्रेस सभापति कमल प्रसाद भुसाल एमाले अध्यक्ष रामजीप्रसाद घिमिरे राष्टिय जनमोर्चाको केन्द्रिय सदस्य सागर केसी पत्रकार महासंघका अध्यक्ष शोभाखर पंथी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ लगायतले बोलका थिए । कार्यक्रम पुण्यविक्रम पौडेलको अध्यक्षता शेषकान्त ओशनको संचालन र धु्रव गिरिको स्वागतमा सम्पन्न भएको थियो ।