अर्घाखाँचीको खनदहमा वी आर टुगेदर नेपालको भब्य सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । एक स्थानिय रेसुरेन्टको प्रयोजनमा आयोजित उक्त कार्यक्रम अङ्रेजी नयाँ बर्ष २०१२ को पुर्ब सन्ध्यामा २०११ लाई बिदा गर्दै बिशाल सास्कृतिक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा हजारौ दर्शकहरुको उपस्थिती रहेको थियो । हिमालको सेरोफेरो देखिने मनोरम द्रिस्यका समिपमा जस्तो लाग्ने प्रकृति र हिमालको आगनमा कार्यक्रम भएको जस्तो भान हुन्थ्यो । गुल्मी, प्युठान, पाल्पा र अर्घाखाँचीका आम जनमानसको उल्खेनिय सहभागीता रहेको देखिन्थ्यो । लोक दोहोरी भने पछी हुरुक्कै हुने सबैलाई राष्ट्रिय स्तरका कलाकारले स्टेजलाई दिन भर जसो तताएका थिए, साथमा माग्ने बुढोको प्रस्तुतिले सबैको मुखमा हासोको पहाड सिर्जना गरेको द् ष्य हेर्ने लाएको थियो । मैना रेस्मी मगरको गीत र राजु मास्टर साहेब अनी राजेन्द्र कंडेल, जीवन परियारको प्रस्तुतिले कार्यक्रममा थप रौनकता प्रदान गरेको थियो ।
Sunday, January 01, 2012
अर्घाखाँचीको खनदहमा सास्कृतिक कार्यक्रम र मनोरम प्रकृति
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
6:50 AM