Sunday, October 02, 2011

अर्घाखाँचीमा दशैका लागि खुद्रा पैसा लिनेको भीड

अर्घाखाँचीको सन्धिखर्कमा रहेको राष्टिय बाणिज्य बैंकमा आज दिन भर खुद्रा पैसा लिनेको भिड लागेको छ । दशैमा चाहिने खुद्रा नोटको जोर जाम गर्नकालागि गाँउ गाँउबाट मानिसहरु सदरमुकाम आएका थिए । मानिसलाई छिटो किसिमले खुद्रा बितरण गरिएको बैकका शाखा प्रबन्धक गोबिन्द खनालले बताउनु भयो । सदाको बर्षमा खुद्रा नपाईने गरेकोमा आज खुद्रा प्राप्त हुदा मानिसहरु खुसी भएका छन् ।