अर्घाखाँचीको खाचिकोट गाबिसको फुडवाङ बजारमा नेपाली कांग्रेसले गाबिस स्थरिय पार्टी कार्यालयको एक कार्यक्रमका बिचमा शुभारम्भ गरेको छ। खाचिकोट गाबिसमा पहिलो पटक खोलिएको उक्त पार्टी कार्यालयको उद्दघाटन प्रमुख अतिथी नेपाली कांग्रेसका वरिष्ट नेता एवम भुतपुर्ब उधोगमन्त्री ढुण्डिराज शास्त्रीले गरेका थिए। यसैगरी सो पार्टी कार्यालय उद्द्घाटन कार्यक्रममा कांग्रेस जिल्ला सभापति कमल प्रसाद भुसाल, जिल्ला सचिब बासुदेव आचार्य लगायत जिल्ला स्थित अन्य कांग्रेसका नेता एवम कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा गाउँ तथा जिल्ला स्थरिय अन्य नेताहरु जस्तै तरुणदलका उमेश घिमिरे, प्रेस युनियनका सुर्य भुसाल, खाचिकोट गाबिसका पूर्व सभापति खेमराज आचार्य, ट्रेड युनियनका गणेश सिंह, महाधिवेसन प्रतिनिधि प्रितम बहादुर थापा लगायतको उपस्थिती रहेको थियो। कार्यक्रमको अध्यक्षता बिष्णु प्रसाद भुसालले गरेका थिए भने स्वागत भाषण राम बहादुर के.सी र कार्यक्रमको सन्चालन नित्यानन्द चुदालीले गरेका थिए।
Saturday, January 22, 2011
अर्घाखाँचीको खाचिकोट फुडवाङ बजारमा नेपाली कांग्रेसको गाबिस स्थरिय पार्टी कार्यालय शुभारम्भ
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
10:38 AM