अर्घाखाँचीको खांचिकोट ५ मा रहेको जेनिथ ईंग्लिश बोर्डिङ स्कुल फुदबाङमा एक ब्रहत अन्तरकृया र छलफल कार्यक्रम सम्पन्न भएको छ । यसैगरी कार्यक्रममा बिद्यालयको प्रगती, आगामी दिनहरुमा चालनुपर्ने कदम, बिद्यालयको भावी योजना, अभिभाबकको भूमिकाका समन्धमा लगायतका बिषयमा छलफल भएको थियो। छलफल कार्यक्रममा खाचिकोटको श्री चन्द्र प्रभा माबिका अध्यक्ष पिताम्बर भटराईलाई प्रमुख अतिथीको रुपमा आमन्त्रण गरिएको थियो। यसैगरी सो कार्यक्रम बिद्यालयले आगामी सत्र देखी कक्षा ८ सम्मको पढाईलाई सन्चालन गर्ने, कम्प्युटर शिक्षा प्रर्योगातमक तथा समय सापेक्ष बिभिन्न अतिरिक्त कृयाकलापका कक्षा सन्चालन गर्ने, डान्स क्लास जुडो कराते र अन्य बिभिन्न खेलकुद पनि आगामी दिनमा समाबेस गरी अगाडि जाने अर्थात बदलिदो परीबेश अनुसार लैजाने लगायतका बिषयमा जानकारी गराइएको थियो।
Saturday, January 01, 2011
अर्घाखाँचीको खांचिकोटमा बोर्डिङ स्कुलको अन्तरकृया र छलफल कार्यक्रम
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
8:59 AM