Friday, December 24, 2010

भारतको नई दिल्लीमा श्री नव दुर्गा कालिका नेपाली मन्दिर, श्री पशुपतीनाथ मन्दिरको निर्माण

आफ्नो देश र घर छाडेर बाहिर गएता पनि नेपालीहरुले आफ्नो संस्कृति र परम्परालाई साथ मै राख्ने गरेका हुन्छन, यसको उदाहरण हो नई दिल्ली ( वेष्ट दिल्ली) को सगरपुर पान्खा रोड स्थित श्री नव दुर्गा कालिका नेपाली मन्दिर, श्री पशुपतीनाथ मन्दिर। मन्दिरको निर्माण नेपालीहरुको अथक कोशीस र मेहनतको परिणाम हो । मन्दिरको निर्माणमा नेपालीहरुको साथ- साथै स्थानिय बासिन्दाको पनि धेरै सहयोग रहेको छ। मन्दिरमा पूजाको लागि नेपालीहरुको साथ भारतीयहरु पनि धेरै सख्यामा आउने गर्छन् । यस मन्दिरमा बडा दसैं, तीज, दिपावली( तिहार), श्रीपञ्चमी जस्ता नेपाली पर्व हर्ष र उल्लासका साथ मनाउने गरिन्छ । नेपालीहरुको आथक प्रयासले बनेको सो तिने तल्ले मन्दिरको केही काम अझै पनि बाँकी छ । देश र घरबाट टाढा यो मन्दिर यहाँ बसोबास गरिरहेका नेपालीलाई आफ्नो देश र घरको यादले सताएको बेला आफ्नो पनको आहसास गराउन्छ । यो मन्दिर नेपाली समाज , नेपाली संस्कृति र नेपाली एकताको केन्द्रविन्दु बनेको छ। ( फोटोहरुमा: मन्दिर लगायत अन्य स्थानिय झलकहरु) तस्बिरहरु: राम भुसाल, धारापानी-५, अर्घाखाँची नेपाल हाल नई दिल्ली, भारत