आज शनिवार अर्घाखाँचीको अर्घातोष गाविसको डाडाँकटेरीमा शहिद हुमानन्द बन्जाडेको शालिक अनावरण गरिएको छ। सो कार्यक्रममा नेकपा एमाले स्थायी समितिका सदस्य एवं प्रभावशाली नेता केपी शर्मा ओलीको उपस्तिथी रहेको थियो। यसका साथै एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञवाली, पोलीट्ब्युरो सदस्य काशीनाथ अधिकारी, केन्द्रिय सदस्य बेदुराम भुसालनेत्र पन्थी, शहिद हुमानन्दका भाई श्याम बन्जाडे, युबा संघकी केन्द्रिय सदस्य -कोषाध्यक्ष निरु पाल, एमाले जिल्ला अध्यक्ष रामजि प्रसाद घिमिरे, नेपाली काग्रेसका जिल्ला सदस्य ताराप्रसाद श्रेष्ठ, राष्टिय जनमोर्चाका सागर केसी लगायतका बत्ताहरुले मन्तब्य राखेका थिए । कार्यक्रम एमालेका क्षेत्रिय अध्यक्ष पिताम्वर भुसालको अध्यक्षता दधिराम आचार्यको स्वागत मन्तब्य र शालिकराम आचार्यको संचालनमा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा जिल्लाका वाङ्ला, बल्कोट, ठुलापोखरा, डाडा कटौरी लगायतका स्थानबाट समेत सयौको उपस्थिती रहेको थियो।
Saturday, November 13, 2010
अर्घाखाँचीको अर्घातोष गाविसको डाडाँकटेरीमा शहिद हुमानन्द बन्जाडेको शालिक अनावरण
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
7:30 AM