Sunday, March 14, 2010

अर्घाखाँचीका (दोहामा नेपाली भेट्घाट) फोटोहरु भाग- १५४

दोहामा नेपाली भेट्घाट: पछिल्लो समयमा बैदेशिक रोजगारका निम्ति आकर्षक गन्तव्यस्थल बनेको कतारमा नेपालीहरुको संख्या अहिले साढे तीन लाखको हाराहारीमा छ तर त्यहाँ के कति अर्घाखाँचीबासी नेपालीहरु छन भन्ने यकिन छैन। त्यसैगरी संचारमाध्यमहरुमा उल्लेख गरिए अनुसार कतारमा गत जनवरी १ देखि लागु हुने गरी नेपाली कामदारहरुको पारिश्रमिकमा बृद्धि गरिएको छ। जस अनुसार नेपाली कामारहरुको न्युनतम परिश्रमिकमा खाना खर्च बापत थप २ सय रियाल तथा नेपाली चारहजार रुपैयाँ बृद्धि भएको छ । सरकारले २००४ मा कतारसंग प्रारम्भिक श्रम सम्झौता गर्दा कामदारको न्युनतम पारिश्रमिक १ सय २५ डलर रुपैंया तोकको थियो जुन अन्य देशको कामदारका तुलनामा न्युन थियो । जेहोस् कतारबाट बिभिन्न विषयहरुलाई लिएर हामीलाई दैनिक दर्जनौ ईमेल पत्रहरु प्राप्त भएपनि तिनीहरु सबैलाई समट्न सकेका छैनौ यसका लागि सुधार गर्दै जाने नै छौ। यसैगरी अर्घा-२ का मासुरापाटा, हाल दोहा कतारका रमेश कुमार थापाले दोहामा अर्घाखाँचीबासी सहित अन्य नेपालीहरु बिच भएको जमघटको बेला लिएका तस्बिरहरु:-