बल्कोट ज्ञान महायज्ञमा लाखौ श्रालु भक्तजनको जमघट: राष्ट्रिय सम्पदाहरु जोगायौं नेपाल र नेपालीको पतिष्ठा बढायौ भन्ने मुल नाराकासाथ आयोजना गरिएको श्रीमद भागबत महायज्ञले यतिबेला बल्कोट स्थित श्री परसुरामेश्वर मन्दिरमा लाखौ श्रालु भक्तजनको जमघट गराएको छ । बल्कोट १ स्थित परसु रामेश्वर मंन्दिर एंव सत्तलको संरक्षण तथा श्री बिधाबोध उच्च मा बि लाई क्याम्पस बनाउने यस ज्ञान महायज्ञको उदेश्य रहेको अर्घाखाँची स्थित हाम्रा एक जना सहयोगी, पत्रकार बिनोद गैरेले समाचारमा उल्लेख गर्नुभएको छ । साथै प्राप्त समाचारहरु उल्लेख भए अनुसार फागुन ७ गते देखि सुरु भएको र फागुन १४ गते समापन हुने सो ज्ञान महायहायज्ञमा झण्डै ३ लाख भन्दा बढि श्रालु भक्तजनहरुले दर्शन गरिसकेका र हालसम्म करिव डेढ करोड रुपैया सकलन भइसकेको छ। यसैक्रममा महायहायज्ञमा अर्घाखाँची स्थित स्थानिय एफ.एम रेडियोहरुले प्रत्क्षय प्रसारण गरिरहेका छन साथै सो महायज्ञमा पुगेका हाम्रा सहयोगी पत्रकार बिनोद गैरेबाट लिएका केही तस्बिरहरु:-
Friday, February 26, 2010
अर्घाखाँचीका (बल्कोट ज्ञान महायज्ञमा लाखौ श्रालु भक्तजनको जमघट) फोटोहरु भाग- १४७
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
3:45 AM