Thursday, October 15, 2009

अर्घाखाँचीका (कोरियामा जमघट) फोटोहरु भाग-११६

कोरियामा जमघट: कामदारको आकर्षणको केन्द्रबिन्दु बनेको दक्षिण कोरियामा हाल सम्म ८० हजारको आसपासमा नेपालीहरु रहेको अनुमान छ, त्यसमध्ये सयौ अर्घाखाँचीबासी नेपालीहरु बिभिन्न कामको सिलसिला त्यहाँ बसोबास गर्दै आएका छन्। अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले केही समय अगाडि एक प्रतिवेदन र्सार्वजनिक गरेको थियो। प्रतिवेदनमा दक्षिण कोरियामा हजारौं नेपाली कामदार भेदभाव, शोषण र दयनीय अवस्थाले आत्महत्यासमेत गर्न बाध्य भएको उल्लेख छ । कोरियामा पुग्ने आप्रवासीले प्रशस्त पैसा कमाउन सक्ने भए पनि कामदारका लागि उत्तिकै खतरा रहेको प्रतिवेदनमा उल्लेख छ । कामदारले बिरामी हुँदा समयमा नै उपचार नहुने, आफ्ना मानिसलाई भेटघाटमा पूर्ण प्रतिबन्ध, कामदारप्रति कम्पनीले कामदारका लागि दिनुपर्ने सुविधा उपालब्ध नगराउने गरेको, कतिपय कामदारले आत्महत्या गर्नुको पछाडि घर र्फकने पैसाअभाव रहेको प्रतिवेदनमा उल्लेख छ । थुप्रै कामदार घर र्फकने पैसा नभएका कारण कोरियामा नै ज्यान पालेर बस्न बाध्य भएका छन् । खासगरी कोरियामा नेपाललगायत चीन, भियतनाम, बंगलादेश, फिलिपिन्स र इन्डोनेसियालगायत देशबाट वैध वा अवैधरुपमा कामदार जानेगरेका छन् ।

जेहोस् त्यहाँ रहेका अर्घाखाँचीबासी लगायत नेपालीहरुले यो बर्षको दसैं खुशीयालीका साथ मनाए, यसैगरी २०६६ साल को दिपावलीको शुभकामना सहित सन्धिखर्क बजार हाल दक्षिण कोरियामा रहनु भएका करण जङ रायमाझीले केही तस्बिरहरु पठाउनु भएको छ। साथै श्री रायमाझी ले अर्घाखाँची रहनुहुने आफ्नी जीवन सङिनी लक्ष्मी, छोरा समिर्त र छोरीहरु समिता, सुरुची लगायत सम्पूर्ण देश, विदेशका अर्घाखाँचीबासीलाई तिहार शुभकामना पठाउनु भएको छ, प्राप्त जमघटका केही झलकहरु-














अन्य हाम्रा सहयोगी साईटहरु-

म्युजिक भिडियोहरु (हिन्दी, नेपाली) हेर्नको लागि - http://arghakhanchimusic.blogspot.com प्रकासित फोटोको लागि - http://arghakhanchitimes.blogspot.com/ भिडियो हेर्न्न - http://youtube.com/arghakhanchitimes प्रकाशित जिल्ला समाचारहरु- http://arghakhanchinews.blogspot.com/ - माथिका सबै साईटहरुमा गइ पेजहरु खोल्दा तल, माथि - दाँया, बाँया देखिएका बिज्ञापनहरु माथि सक्दो क्लिक गरि हामीलाई सहयोग गर्नुहोला।

कृपया हामीलाई संसारभरबाट दर्जनौ नियमित पाठकहरुबाट सेमत एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु मात्र पठाउने गरिएको पाइएको छ। हाम्रा विश्वभर रहेका हजारौ नियमित पाठकवर्गको सुझाब सहित अबदेखि हाम्रो "प्रीवेन्सी पोलिसी" अधिकार अनुसार कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक कुनै पनि त्यस्ता एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु प्रकाशत-उप्डेट गरिने छैन। हामीलाई प्राप्त भएका सबै फोटोहरु http://www.arghakhanchitimes.blogspot.com/ मा गइ हेर्न सक्नु हुनेछ।


हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।

कृपया हामीलाई नेपालबाट" पनि अग्रेजी बाहेक नेपालीमा लेखनु छ भने http://www.unicodenepali.com/ मा गइ नेपाली टाईप गर्न सक्न्नु हुनेछ ।