Friday, November 09, 2007

अर्घाखाँचीमा कुकुर तिहार मनाइयो

अर्घाखाँची-अर्घाखाँचीका सबै गाबिसहरुमा तिहारको दोस्रो दिन बिहीबार कुकुरको पूजा गरी कुकुर तिहार मनाइयो । कार्तिककृष्ण त्रयोदशीदेखि कार्तिकशुक्ल द्वितीयासम्म पाँच दिन मनाइने यस चाडको दोस्रो दिन गृहस्थीहरूले कुकुरको पूजा गरी खाना खुवाएका थिए । नरक चतुर्दशी पनि भनिने यस दिन बिहान सबेरै तारा नअस्ताउँदै नजिकको तीर्थमा गई जलप्रवाहमा टपरीमा बत्ती राखी आफ्ना परिवारको सदस्य जति छन् त्यति संख्यामा बगाउने पनि चलन छ ।