Saturday, November 10, 2007

तिहारको अन्तिम दिन,भाइटीका लगाइदै,देउसी-भैलो खेलिदै

१}- अर्घाखाँचीका सबै गाबिसहरुमा भाइटीका लगाउन शुरु ! {२}-जताततै देउसी-भैलो खेलिदै !
अर्घाखाँची
-तिहारको अन्तिम दिन आज अर्घाखाँचीका सबै गाबिसहरुमा परम्परा अनुसार दिदी वहिनीबाट दाजुभाइको दिर्घायु, सुख तथा समृद्धिको कामना साथ भाइटीका लगाइदै/मनाइदै छ।
भाइटीकाको उत्तम साइत बिहान ११.३५ मिनेटदेखि ११ बजेर ४७ मिनेट जाँदासम्म रहे पनि आफ्नो अनुकुलअनुसार दिनभर नै टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । दिदी बहिनीले आफ्ना दाजु भाइलाई टीका लगाई दिदा धार्मिक विधि अनुसार मण्डप बनाई अष्टचिरञ्जीवीका साथै यमराज र यमुनाको पूजा गरी यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई नओईलाउने मखमली, सयपत्री र दुबोको माला लगाईदिएर चिरायूको कामना गर्ने गर्दछन्। पौराणिक मान्यता अनुसार यमुनाले आफ्ना दाजु यमराजलाई यस दिन विशेष सम्मानपूर्वक पूजाआजाका साथ टीका लगाई दिर्घायूको कामना गरेकी हुँदा त्यसै घटनाको सम्झनामा दाजु भाइको दिर्घायूको कामना गर्दै दिदी बहिनीले भाइटीका लगाउने परम्परा चल्दै आएको छ। टीकामा साईतका प्रतीक सात वा पाँच रङ प्रयोग गरीनाका साथै दाजुभाइलाई सगुन, मिठाई, फलफूल, ओखर, कटुस र मसला तथा सेलराटी दिने चलन छ । दिदी बहिनीहरुले टीका लगाईदिएपछि दाजुभाइहरुलेपनि आफ्नो गच्छे अनुसार उपहार तथा दक्षीणा दिएर उनीहरुको अटल सौभाग्य, सुख, समृद्धि र चिरायूको कामना गर्दछन् ।
काठमाडौंस्थित हाम्रा एकजना संवाददाता भन्छन, दिदी बहिनी नहुने दाजुभाइले आज काठमाण्डौको रानीपोखरीको वीचमा अवस्थित यमलेश्वर महादेव मन्दिरका दर्शन गरी टीका लगाइदै छ। प्रत्येक वर्ष उक्त मन्दिर आज भाइटीकाको दिन मात्र सर्वसाधारणकालागि खुल्ला गरीन्छ ।
उता अर्घाखाँचीका सबै गाबिसहरुमा केटा-केटीहरु देखी लिएर महिला, बुढा-पाका र राजनितिक दलहरु*संगठन*,स्कुलहरुबाट जताततै देउसी-भैलो खेलिरहेका देखिछन्।