Thursday, October 04, 2007

जोखिममा परेका अर्घाखाँचीका युवतीहरू रोजगारीमा

बुटवल ! अर्घाखाँचीकी संगीता खड््का बुटवलको एक स्कुलमा सेक्युरिटी गार्डर् छन्् । उनले केही समयअघि छमहिने सेक्युरिटी गार्डको तालिम लिएकी थिइन्् । तालिममा सबै पुरुष साथीलाई उछिनेर उनी उत्कृष्ठ भइन्् । तालिम सिद्धिनासाथ उनले जागिर पाइहालिन् ।जोखिममा परेकी संगीतालाई माइती नेपालको क्षेत्रीय कार्यालयले सुनौली नाकाबाट गत वर्ष उद्धार गरिएको हो । भैरहवास्थित माइती नेपालको आवास गृहमा बसेकी उनलाई सेक्युरीटी गार्डको तालिम पनि त्यही संस्थाले दिलाएको होे । ‘मेरो कामप्रतिको लगाव र चाहना देखेर गुरुहरूले यहीँ बोलाउनुभयो, तालिम सिकिनासाथ आपmनो खुट्टामा आफैं उभिन सक्ने भएँ,’ उनले खुसी हुँदै भनिन्् ।
संगीताजस्तै अर्घाखाँचीका सरस्वती दर्लामी र अञ्जु घर्तीमगरसमेत बुटवलको सीप तथा व्यावसायिक प्राविधिक केन्द्रमा काम गर्दै छन्् । पुरुषले मात्र गर्ने भनिएको वेल्डिङको तालिम लिएका उनीहरू समाजमा त्यसै बसिरहेका महिलाका लागि उदाहरणीय बनेका छन्् । उनीहरूलाई जोखिमबाट उद्धार गरी माइती नेपालले तालिम दिलाएको हो । माइती नेपालले जोखिममा परेका ५१ जनालाई विभिन्न तालिम दिएको थियो । बेचबिखनमा परेका चेलीहरूको उद्धार कार्य र तिनीहरूको पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउँदै आएको यो संस्थाले चेलीहरूका लागि उपयोगी हुने तालिम दिएर धेरैलाई त्यसअनुसारको रोजगारीसमेत खोजिदिएको छ । ‘चेलीहरू आत्मनिर्भर हुन सके उनीहरू फेरि कुनै दलालको फन्दामा पर्दैनन्् । सम्मानित जीवन बिताउन सक्छन्् भनेर यस्ता तालिम दिन थालिएको हो,’ संस्थाको भैरहवास्थित क्षेत्रीय कार्यालयकी प्रमुख प्रभा खनालले भनिन्् । उनका अनुसार माइती नेपालको क्षेत्रीय कार्यालय भैरहवाले यस्ता महिलाहरूका लागि उपयुक्त किसिमका तालिम दिँदै आएको छ ।