Friday, September 28, 2007

अन्तत,हजारौं अर्घाखाँची-बासीहरुका भोटले समेत प्रशान्त तामाङ भए इण्डियन आइडल -३


न्यू दिल्ली -संसारभर रहेका नेपालीहरुको निक्कै चासोको विषय बन्न पुगेको इण्डियन आइडलमा दार्जिलिड०का २४ वषिर्य प्रशान्त तामाड० अन्ततः इण्डियन आइडल बन्न पुगेका छन् । दिल्लीस्थित अर्घाखाँची टाईम्सका सम्वाददाता भन्छन्.- सेप्टेम्बर २३ तारिक सम्म उनलाई जिताउनका लागि अर्घाखाँचीबाट भारतमा रहेका हजारौं अर्घाखाँची-बासीहरुले पनि एसएमएसबाट भोट हलेका थिए। अन्ततः प्रशान्त इण्डियन आइडल बन्न पुगे..!प्रशान्तले उपाधिसँगै सोनी बीएमजीबाट एउटा अल्मब एक करोड भारतीय रुपैयाको कन्ट्याक्ट र मारुती कार उपहार पाएका छन् ।कुल सात करोड भोट खसेकोमा सबैभन्दा बढी मत प्रशान्तको पक्षमा गएको थियो । उपाधि घोषणाको लगत्तै नेपाली ढाका टोपी लगाएर उनले आफ्नो सम्बोधनमा सिक्किमदेखि नेपालसम्मका आफ्ना र्समर्थकहरुलाई धन्यवाद दिएका छन् । तामाड० इण्डियन आइडल बन्न सफल भएको सोनी टेलिभिजनबाट घोषण भएको थियो। दिल्लीको ग्राण्ड फिनालेमा प्रशान्त तामाङ तेस्रो इन्डियन आइडल बनेको घोषणा गरिएको थियो। दार्जीलिङ लगायत नेपालको राजधानी काठमाडौं एवम नेपालका विभिन्न भागमा समेत खुशीयाली मनाइएका खबरहरु प्राप्त समाचारहरुमा उल्लेख छ।
प्रशान्तले अन्तिम प्रतिस्पर्धामा सिलोङका अमित पललाई हराएका थिए। प्रशान्त विजयी भएको घोषणा कलाकार जोन अब्राहमले गरेका थिए। परिणामको घोषणा हुने बित्तिकै प्रशान्त भावुक बनेका थिए। भावुक स्वरमा उनले आफ्नी आमालाई सबैभन्दा सुरुमा धन्यवाद दिएका थिए। उनको धन्यवादको लिस्टमा दर्शक त थिए नै, शोमा भाग लिन अनुमति दिएकोमा बंगाल प्रहरी पनि थिए। प्रशान्तलाई एसएमएस मत दिनका लागि नेपालका विभिन्न स्थानमा पनि चन्दा संकलन गर्ने अभियान चलाइएको थियो। त्यसैगरी नेपाली डायस्पोरामा पनि प्रशान्तको प्रभाव एकदमै बढेको थियो। प्रशान्त नेपाली दर्शकहरुलाई धन्यवाद दिनका लागि यही सेप्टेम्बर २९ तारिखमा काठमाडौँ र ३० तारिखमा पोखरा आउँदैछन्। इन्डियन आइडलका अरु सहभागी अंकिता र दीपाली पनि यो कन्सर्टमा सहभागी हुँदैछिन्। त्यसो त न्यूयोर्कस्थित अर्घाखाँची टाईम्सका अर्का सम्वाददाता भन्छन्:,अमेरिकामा रहेका नेपालीहरुका लागि समेत प्रशान्तलाई चलचित्रकर्मी तुल्सी घिमिरेको अग्रसरतामा अमेरिकाका विभिन्न भागमा कार्यक्रमका लागि ल्याइने भएको छ ।