भारतको गुड्गाउ शहरमा यसपालीको तीज पनि निकै रमाइलो गरि मनाइयो ! लगातार ३ बर्षा देखि यहाँ यसरिनै नियमित रुपमा कैयौ कार्यक्रम हुँदै आएका छन् । भने यसपाली पनि तीज को कार्यक्रम अती रमाइलो सँग मनाइयो । कार्यक्रम "नेपाली सास्क्रितिक परिवार" को आयोजना मा भदौ २६ अर्थात ११ सेप्टेम्बर को दिन भारत को गुड्गाउ शहर को सिकन्दरपुर गाउ मा भएको थियो । कार्यक्रम मा सोचे भन्दा बढी नै मनिस को उपस्थिती रहेको थियो । जसमध्धे अर्घाखाँची जिल्ला का पनि थुप्रै दिदी बहिनी हरु तथा दाजु भाई हरुको सहभागिता रहेको थियो। कार्यक्रम को लागि हल को ब्यबस्था गरियेको थियो तर हलमा मात्रै मान्छे हरु सिमित रहेनन हल भन्दा बाहिर पनि मान्छे हरु को उत्ती कै घुइचो थियो तर बाहिर भने महिला हरु भन्दा पुरुष हरु को धेरै भीड थियो । मुसल्धारे पानी बर्सिदा पनि मान्छे हरु कत्ति पनि खट्पट थिएनन। भनिन्छ महिला हरुको महान चाड तीज तर यहाँ भने महिला हरु भन्दा पुरुष हरु धेरै रमाइरहेका थिए आनन्दित थिए । नचगान मा लागिपरेका थिए। फोटाहरु:- विजय कौशल "बिवस" , केरुङा ६ जबुन्डाडा, अर्घाखाँची, हाल, दिल्ली / गुड्गाउ, भारत
Tuesday, September 14, 2010
भारतको गुड्गाउ शहरमा यसपालीको तीज पनि निकै रमाइलो गरि मनाइयो
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
9:39 AM