हिन्दू महिलाहरुको महान पर्व हरितालिका तिज प्रवासको खाडी यूएईको दुबईमा तिज बिशेष बिबिध सास्कृतिक कार्यक्रम का बिच भब्य रुपमा मनाइएको छ । नेपाली महिला समिती यूएईको आयोजनामा गत शुक्रबार डेरादुबई स्थित फोर स्टार होटेल कार्लटनको एक हलमा सो कार्यक्रम सम्पन्न गरिएको हो । सो तिज बिशेष कार्यक्रमको अवसर पारेर गत एक बर्षको अन्तरालमा यूएई दुतावास मार्फत श्रमसहचारीको जिम्मेवार सम्हाली महिला हरुको समस्या समाधान गर्न महत्वपूर्ण योगदान दिएकोमा त्यस कार्यको कदर गर्दै उच्च मुल्याकंन स्वरुप श्रमसहचारी पार्वती अर्याललाई दोसल्ला र खादा ओढाइ सम्मान पत्र प्रदान गर्दै सम्मान गर्यो । आफुले पाएको सम्मानबाट आफुमा थप ओजनदार जिम्मेवारी थपिएको र महिला हरु यसै गरी थप सगंठित हुँदै जानु पर्ने हामी सँगको छोटो कुराकानीमा बताउनु भयो । तस्बिरहरु: उमाकान्त पाण्डे गाउले एवम दुबइ कार्यालयमा प्राप्त
Tuesday, September 14, 2010
प्रवासमा जुटे नेपाली चेली-नाचे छमछ्म्ती कम्मरै भाचे,सम्मान गरे श्रमसहचारीलाई
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
9:10 AM