Friday, October 14, 2011

अर्घा-पुर्णिमामा भव्य सभा एवम सास्कृतिक कार्यक्रम/ सराय नाच मेलामा - ४

हिन्दुहरुको महान चाड शुभ बिजया दशमी २०६८ को अन्तिम दिन "पुर्णिमा" अर्घाखाँचीको अर्घामा ( एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी एवम नेपाल कम्युनिष्ट पार्टी मसालको भात् संगठन राष्ट्रिय जनमोर्चा- रक्तिम सास्कृतिक अभियानको ) का छुट्टा - छुटै भव्य सभा एवम सास्कृतिक कार्यक्रम सम्पन्न गरेका छन भने माओवादी कार्यक्रममा उक्त दलका प्रमुख पुष्प कमल दाहाल प्रचन्ड, मन्त्री टोप बहादुर रायमाझी लगायतको उपस्थिती रहेको थियो । यसका साथै नेकपा मसालको राष्ट्रिय जनमोर्चाको कार्यक्रममा सो दलका प्रमुख चित्र बहादुर के.सी एवम सभासद लगायतका नेताहरुको उपस्थिती रहनुका साथै कार्यक्रम हेर्न-सुन्नका लागि बिभिन्न जिल्ला लगायतबाट हजारौ मानिसहरु आएका थिए। भने पुर्णिमा-सराय मेलामा पनि हजारौको उपस्थिती रहेको थियो। उता ति अर्घामा भएका कार्यक्रमहरुको अर्घाखाँचीडट्कमले प्रत्क्षय भिडियो लाईभ प्रसारण गरेको थियो। उक्त लाईभ प्रसारणलाई अर्घाखाँचीडट्कमका प्रमुख मेहर सिंह के.सी, सम्पादक बिरेन्द्र केसी, पत्रकार सहयोगी बिसी लगायतले सन्चालन गरेका थिए। भने उक्त भिडियो लाईभ विश्वभरबाट हजारौले हेर्न-सुन्न पाएका थिए।