नेपाल कम्युनिष्ट पार्टी मसालको भात्रु संगठन राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले यही बैशाख १३ देखी १५ सम्म पोखरामा हुन गईरहेको दोस्रो राष्ट्रिय सम्मेलनको पुर्बसन्ध्यामा अर्घाखाँची जिल्लामा पनि एक ब् ह्त मोटरसाइकल र्-यालीको आयोजना गरेको छ । उक्त संगठनको पोखरामा हुन गइरहेको दोस्रो राष्ट्रिय सम्मेलनलाई सफल पार्नको लागी गाउँ-गाउँमा प्रचारप्रसार गर्ने र ठुलो मात्रामा जनसहभागीता जुटाउदै आउने, सबिधानमा संघियतालाई लागु हुन नदिन र संघियताको खारेजी र जनपक्षिय संबिधानको घोषणा, राष्ट्रिय जनमोर्चाको नयाँ केन्द्रिय समितीको चयन आदी बिषयमा आगामी सम्मेलन केन्द्रित हुने भन्दै यो कार्यक्रमको आयोजना गरेको हो । चुत्राबेशी स्थित मसाल बजारबाट शुरु भएको सो र्याली चुत्राबेसी बजार,बिहार, तुम्कोट डिवर्ना, वाङ्ला, टुनीपोखरा, रोकाहाटोला, हटारी नेटा हुँदै सन्धिखर्क शान्ती बगैचामा गएर कोणसभामा परिणत भएको थियो। भने अर्को टोली पुन सन्धिखर्क हुँदै फुदबाङ बजारबाट खाचिकोटको फरजेङखोला, डिहिडाडा, भुजुङेमा गएर कोण सभा गर्दै त्यहाँबाट ढिकुरा गाबिस हुँदै गैराकोट, सुरर्सिङ, चुरामाटी नुवाकोट र किमडाडाको छेड हुँदै पुन सन्धिखर्कको मसाल बजारमा गएर र्यालीको समापन भएको थियो ।
Saturday, April 23, 2011
पोखरा सम्मेलनका लागि राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्बारा ब् ह्त मोटरसाइकल र्-यालीको आयोजना - २
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
3:14 AM