Friday, April 22, 2011

अर्घाखाँचीमा दोश्रो राष्टपति कप रनिङ्ग शिल्ड प्रतियोगीता - २

बैशाख ६ देखी अर्घाखाँचीमा स्रुरु भएको दोश्रो राष्टपति कप रनिङ्ग शिल्ड प्रतियोगीतामा जिल्ला भरका माबि र उमाबिका खेलाडीहरुले भाग लिएका छन । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क स्थित टुडिखेल मैदानमा भइरहेको प्रतियोगिता अनुसार दौड, बल, जम्प, शटपुट, भाला तथा अन्य विभिन्न खेलकुदहरुको आयोजना गरिएको छ। थाहा भए अनुसार यस अघि दोश्रो राष्टपति कप रनिङ्ग शिल्ड उद्घाटन शत्रमा भागाभाग भएको थियो र जस अनुसार उद्घाटन शुरु हुनासाथ खेलाडीहरुले मार्चपास गर्न लागेकै समयमा परेको पानी र हावाहुरीका कारण आयोजकले तयार गरेको गेट भत्किनुका साथै माच समेत अस्त व्यस्त भएको थियो । हावा हुरी संगै पानी र असिना परेपछि खेलाडीहरु र ठूलो संख्यामा उपस्थित भएका स्थानिय वासिन्दाहरुविच भागाभाग भएको थियो । कार्यक्तमको उद्घाटन गर्न आएका भौतिक योजना तथा निर्माण मन्त्री टोप बहादुर रायमाझी समेत पानीमा भिजेका थिए । पक्की मच भएका कारण मचमा त्यती असर नपरेपनि खेलका लागि तयार गरीएका सवै पुर्वाधारहरु भताभुङ्ग भएका थिए ।