भौतिक योजना तथा पुन निर्माण मन्त्री टोप बहादुर रायमाझी गत फागुन २० गते मन्त्री पदको रुपमा सपथ लिएपछि करिव ४० दिन पछि अर्घाखाँची पुगेका छन, यस अवधीमा उनले अर्घाखाँचीको चाक्ला,सिद्दरा,भालुवाङ मोटर बाटो, सन्धिखर्कमा बैंक,रनिङ्ग शिल्ड खेलकुद उद्घघाटन लगायतका बिभिन्न कार्यक्रममा सहभागी भएका छन । मन्त्री बनेपछी पहिलो पटक अर्घाखाँचीडट्कमलाई दिएको विषेश अन्तर्वाता अनुरुप जिल्ला बिकासका लागि चौतर्फी रुपमा योजना अगाडि बढाउने उल्लेख गरेका थिए सोही अनुसार उनी गृह जिल्लामा आउँदा जिल्ला बासीले ठुलो अपेक्षा राखेका छन। संकटकालमा भत्किएका भवन र तिनको निर्माणको प्रश्न भने आमसर्व साधारणको एउटै प्रश्न भने जिवितै छ । स्थानिय भन्छन कहिले बन्लान भत्काईएका भवन? यदपी उनैको कार्यकालमा सबै काम सम्पन्न होलान भन्ने भन्दा पनि केही त सुरु होला भन्ने स्थानियको भनाइ रहेको पाइयो। टोप बहादुर रायमाझीले मात्र जिल्लाको लागी केही गर्न सक्छ भन्ने जनताको भिड ठुलै भएकोले बिकास निर्माण तथा सम्बन्धित मन्त्रालय आफ्नो जिल्लाका नेताको हातमा रहेकोले सोही सम्बन्धमा मन्त्रीबाट अर्घाखाँची जिल्लाबासी धेरै आशा वादी रहेको पाइएको छ । जिल्लाबासीले आफ्ना नेताबाट ठुलो आशा राख्नु स्वभाभिक भए पनि दु:खको कुरा केन्द्रको राजनीति र संबिधान निर्माणको मुख्य कामनै ओझेलमा रहेकोले ठुलो आशा राख्नु ब्यर्थ हुन सके पनि नेताहरुले जिल्लाको लागी केही त गर्नै पर्छ भन्ने मान्याताका आधारमा यो कुनै भ्रमको कुरा नभै जिल्लाको लागी महत्वपुर्ण साबित हुन सक्ने बिश्लेशकहरुको भनाइ रहेको छ।
Tuesday, April 19, 2011
भौतिक योजना तथा पुन निर्माण मन्त्री टोप बहादुर रायमाझी गृह जिल्ला अर्घाखाँचीमा
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
10:29 AM