Tuesday, April 19, 2011

अर्घाखाँचीको दुर्गाफाटमा नयाँ बर्ष २०६८ एवम दुर्वाश्वेरी गूफा लगायत पुर्वी-दक्षिण अर्घाखाँची तस्बिर विषेश भाग - ४

अर्घाखाँचीडट्कमका फोटो सम्पादाताहरुले अर्घाखाँचीको दुर्गाफाट लगायतबाट पठाएको तस्बिर सहितको विषेश रिपोर्ट विवरण अनुसार,, अर्घाखाँचीको दुर्गाफाटमा नयाँ बर्ष २०६८ को अबसर पारेर दुर्गाफाटमा त्यहाँको एक स्थानिय युबा क्लब समुह व् ह्त सास्कृतिक कार्यक्रम मुल आयोजक समिती खिदिम अर्घाखाँचीले दुर्वाश्वेरी गूफाको समिपममा कार्यक्रमको आयोजना गरी नयाँ बर्ष २०६८ लाई भब्य स्वागत गरेको छ । जसलाई हेर्नको लागी अर्घाखाँची, गुल्मी, पाल्पा, बुटवल, लगायतका स्थानबाट दर्शकहरुको ओहिरो लागेको थियो । यसैगरी जिल्ला भित्रबाट पनि बल्कोट, चिदिका, पाली, नरपानी, सन्धिखर्क, अडगुरी, पणेना, ढाडमैदान, धातीबाङ, झन्द्रेक, खिदिम, पोखराथोक आदी स्थानबाट दर्शकको उल्लेखिय उपस्थिती रहेको थियो। यसैगरी कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको उपस्थिती रहेको थियो। जसमा बिमल छेत्री, शर्मिला गुरुङ, राम कुमार बिष्ट, सपना गाहा मगर, श्री देवकोटा, हरिमाया रायमाझी, लगायत नेपाल टेलिभिजनका हास्य कलाकारहरु भोक लाग्योको समुहको पनि बेजोड प्रस्तुती रहेको थियो। कार्यक्रमको सचालन राम कुमार बिष्टले गर्नु भएको थियो। त्यसैगरी दुर्गा फाटमा रहेको उक्त गुफा बिस २०५० साल अगाडी पता लागे पनि २०५० सालको साउन देखी मात्रा नियमित रुपमा पूजा आजा गरी मन्दिर अनी गुफा सन्चालनमा आएको जानकारी गुफाका पूजारी गौतम सुबेदीले अर्घाखाँचीडटकम लाई बताए । हाल गौतम सुबेदी र उनका सहयोगी अधिकारीले पुजा आजा गर्ने र आउने अनी जाने तिर्थालु भक्तजनहरुलाई सबै खालको जानकारी दिने गरेको कुरा अर्घाखाँचीडटकम लाई पुन दोहोराउदै भने जिल्लामा रहेको यस पवित्र तिर्थ स्थलको प्रचारप्रसार गर्नको लागी सबै सँग आग्रह गरेको तर कसैबाट उचित सहयोग हालसम्म नभ्एको गुनासो उनले पोखेका थिए । उता हरेक एकादशैमा सोही दुर्गा गुफामा रहेको आश्रममा व्र दाहरुको मेलमिलाप हुने र भजन क् र्तन हुने गरेको छ । गुफा भित्र ज्योत्रिलिङ, शिवलिङ, गाइको थुनबाट पानी आउने, द् ष्यहरु देख्न्न सकिन्छ र बिभिन्न भगवानका प्रतिमुर्तीहरु र स्वरुपहरु देख्न्न सकिन्छ। गुफामा चम्रेरका झुन्डहरु अनी सागुरा चट्टानहरु लगायत बहुरुपी भगवानका चित्रहरु देख्न्न सकिने पूजारी गौतम सुबेदीले डटकमलाई बताए । यसरी पर्यटन बर्षको अबसरमा जिल्लामा रहेका महत्वपूर्ण स्थानहरुको उचित रेखदेख र प्रचार प्रसार गर्नु पर्ने सबैको आजको दायित्व पनि हुन आउन्छ यसरी गरिने कार्यक्रमले साचै नै पर्यटन क्षेत्रको प्रचारमा थप मद्दत दिन सक्छ। जिल्लाको नाम सबैमा परीचित हुन सक्छ। अर्घाखाँचीडटकम दुर्गा फाटबाट------!!!!