Thursday, January 20, 2011

भारतमा २६ जनवरी अर्थात गणतन्त्र दिवसको तयारी

नयाँदिल्ली, कडा सुरक्षाका बीच भारतमा आगामी २६ जनवरीको दिन गणतन्त्र दिवस मनाइँदैछ । गणतन्त्र दिवसको अवसरमा उक्त दिन राजधानी नयाँ दिल्लीमा विशेष समारोहको आयोजना गरिँदैछ । दिल्लीको विजयचोकदेखि लालकिल्लासम्म ८ किलोमिटर दूरीमा विशेष परेडको आयोजना गरिने छ । परेडको मुख्य आकर्षणको रुपमा देशको सबैभन्दा प्रमुख युद्धक ट्याङ्क अर्जुनको पहिलोपटक प्रदर्शन गरिने भएको छ । यसैगरी लडाकु विमानहरू, स्मार्ट मल्टी लञ्च रकेट प्रणाली, एड्भान्स लाईट हेलिकोप्टर, शौर्य मिर्साईल तथा रोहीणी राडार प्रणालीको विशेष प्रर्दशन गरिनेछ । गणतन्त्र दिवस समारोहको राष्ट्रपति प्रतिभा पाटिल, प्रधानमन्त्री डा. मनमोहन सिंह, अरु मन्त्री तथा विभिन्न दलका नेताहरूले अवलोकन गर्ने कार्यक्रम रहेको छ । केही समय अघि अर्घाखाँचीडट्कमका सस्थापक प्रमुख श्री मेहर सिंह के.सीको दिल्ली भ्रमणबाट पठाइएको प्राप्त समाचार अनुसार गणतन्त्र दिवसको अवसरमा हुनसक्ने संभावित हिँसालाई मध्यजनरगर्दै राजाधानी नई दिल्ली लगायत देशका प्रमुख सहरमा सुरक्षा व्यवस्थालाई अत्यन्त कडा पारिएको छ । भारतको संविधानले सन् १९५० जनवरी २६ तारिखदेखि भारतलाई गणतन्त्रात्मक देश बनाएपछि त्यसैको सम्झनास्वरुप हरेक वर्ष सो दिन दिनलाई गणतन्त्र दिवसका रुपमा मनाइँदै आएको छ । गणतन्त्र दिवसलाई भारतमा महान राष्ट्रिय पर्वको रुपमा मनाउने गरिन्छ । सन् १९४७ को अगस्त १५ का दिन भारत ब्रिटीश उपनिवेशबाट स्वतन्त्र भएको थियो ।