Tuesday, July 20, 2010

शान्ती समिति अर्घाखाँचीका गाउँ-गाउँमा

द्धन्द्धको समयमा पीडामा परेका सर्वसाधारणलाई शान्तीको महसुश दिलाउन स्थानीय शान्ती समितिले जिल्लाको गाउँ गाउँमा पुगेर सर्वसाधारण र पीडित परिवारसँग अन्तरकि्रया तथा छलफल कार्यक्रम सचालन गरेको छ । समितिले गाउँ स्तरीय शान्ती समिति गठनलाई पनि तीव्रता दिएको छ । समितिका पदाधिकारीहरु ग्ााउँमा द्धन्द्ध पीडित र मृत्यकका घरमा पुगेर उनीहरुको पीडा गुनासा र सुझाव संकलन गरेको छ । एक वर्ष अघि गठन भएको समितिले अहिलेसम्म जिल्लाका १५ गाविसमा गाउँ स्तरीय शान्ती समिति गठन गरेको छ भने सबैका घरमा पुगेर भेटघाट गरेको छ । तस्बिर - वीरेन्द्र केसी