Saturday, November 10, 2007

यमपञ्चकको चौथो दिन,अर्घाखाँचीका सबै गाबिसहरुमा गोबर्द्धन पूजा गरि मनाउदै

अर्घाखाँची'-यमपञ्चकको चौथो दिन गोबर्द्धन (गोरु) पूजाको दिन केटाकेटी तथा युवा घरघरमा गई खेलिने देउसी-भैलोले यस पर्वलाई अझ उल्लासमय बनाउँछ । यतिबेला अर्घाखाँचीका सबै गाबिसहरुमा घरआँगन र खेतबारीका आली-कान्लामा ढकमक्क फुलेका सयपत्री, मखमली र गोदावरी फूलले वातावरण रमणीय बनेको छ । यमपञ्चकको अन्तिम दिन दाजुभाइ, दिदीबहिनीले आपसी स्नेह, सत्कार तथा पूजा गरी भाइटीका मनाउँदा दाजुभाइको यश तथा आयु बढ्ने र उनीहरू सुखी तथा सम्पन्न हुने विश्वास गरिन्छ । नेपाली हिन्दुको दोस्रो ठूलो चाड तिहारले चौथो दिनमा प्रवेश गरेको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहार पहिलो दिन काग, दोस्रो दिन कुकुर, तेस्रो दिन बिहान गाई र साँझ लक्ष्मीको पूजा तथा दीपावली, चौथो दिन गोबर्द्धन पूजा र अन्तिम दिन भाइटीका गरी सम्पन्न हुन्छ । पुराणका अनुसार यस पर्वमा यमराज आफ्ना दैनिक कार्य स्थगन गरी बहिनी यमुनाकहाँ पाँच दिनसम्म पाहुना बनी बस्ने र बहिनीद्वारा पुजिएका यमराजले वस्त्र-आभूषण दिएर भ्रातृ स्नेह प्रगाढ बनाउने हुनाले यसलाई यमपञ्चक पनि भनिन्छ । वैदिककालमा बलि राजाले आफ्नो राज्यभरि झकिझकाउका साथ दीपावली गरेर विष्णुलाई खुसी तुल्याएकाले यमपञ्चकभर तीनैलोकको राज्यभोग गर्न पाउने वरदान पाएको तथा यस अवधिमा धनकी देवी महालक्ष्मीले सबैको घरमा बास गरी धनधान्यले पर्ूण्ा पारिदिएको कथा पनि यो पर्वसँग जोडिएको छ ।

नेवारी भाषामा 'स्वन्ती नखः' भनिने यमपञ्चकका बेला यमराजको सम्मानमा आ-आफ्नो घर सफासुग्घर राखी, पारस्परिक द्वेषभाव हर्टाई दीपावलीका साथ पूजाआजा गर्नाले त्यस घरमा मानिसको अकाल मृत्यु नहुने धार्मिक ग्रन्थमा उल्लेख छ । लक्ष्मीपूजादेखि भाइटीकासम्म सबैतिर सफा राखी दैलो-स‹ार, झयाल, ढोका, चोटा, कोठा, अटाली, कौसी, बरन्डा, भर्‍याङ आदि ठाउँमा झलमल्ल गरी बत्ती बालिने हुनाले यस चाडलाई दीपावली पनि भन्ने गरिन्छ । यमपञ्चकको चौथो दिन नेवार सम्प्रदायमा म्हः पूजा -आत्मपूजा) गर्ने प्रचलन छ । सबैको घरमा बास गरी धनधान्यले पर्ूण्ा पारिदिएको कथा पनि यो पर्वसँग जोडिएको छ । नेवारी भाषामा 'स्वन्ती नखः' भनिने यमपञ्चकका बेला यमराजको सम्मानमा आ-आफ्नो घर सफासुग्घर राखी, पारस्परिक द्वेषभाव हर्टाई दीपावलीका साथ पूजाआजा गर्नाले त्यस घरमा मानिसको अकाल मृत्यु नहुने धार्मिक ग्रन्थमा उल्लेख छ । लक्ष्मीपूजादेखि भाइटीकासम्म सबैतिर सफा राखी दैलो-स‹ार, झयाल, ढोका, चोटा, कोठा, अटाली, कौसी, बरन्डा, भर्‍याङ आदि ठाउँमा झलमल्ल गरी बत्ती बालिने हुनाले यस चाडलाई दीपावली पनि भन्ने गरिन्छ । यमपञ्चकको चौथो दिन नेवार सम्प्रदायमा म्हः पूजा -आत्मपूजा) गर्ने प्रचलन छ ।