हिन्दु नेपाली महिलाहरुले महान पर्ब हरितालिका तिज हर्षोल्लासका साथ मनाए। महिलाहरु हिमालयकी छोरी पार्वतीले महादेव पति पाउनका लागि कठोर व्रत गरी आफ्नो कामना पूरा गरेको धार्मिक कथनअनुसार यो पर्व मनाइँदै आएको मानिन्छ । यस सांस्कृतिक पर्वमा पानीसमेत नखाई विवाहित महिलाहरू शिवको पूजाआराधना गर्दै आफ्ना पतिको दिर्घायु, सुस्वास्थ्यको कामना गरी व्रत बस्दछन् भने अविवाहित महिलाहरू सुयोग्य तथा आदर्श पति प्राप्त गर्ने कामनाका साथ व्रत बस्ने गर्दछन् । यस दिन जलसमेत नखाई व्रत बस्नुपर्ने हुनाले अघिल्लो दिन बेलुकी नै विभिन्न परिकार तथा मिष्ठान्न तयार गरी व्रतालुहरूले दर खाने प्रचलन छ । उता जिल्ला अर्घाखाँचीमा पनि यस वर्षको तिज हर्षोल्लासका साथ मनाइयो। प्राप्त जानकारी अनुसार अर्घाखाँचीको नुवाकोट स्थित पर्ने पोखेडाँडामा अघिल्ला वर्षहरुमा जस्तै हजारौंको सन्ख्यामा उपस्थित्ती रहेको थियो,(तल तस्बिर । महिलाहरुले तिज सम्बन्धी गीत, भजन र चुट्का गाएर आफ्नो मनभित्रको बह पोखेका थिए । तस्बिरहरु: बिनोद गैरे
Sunday, September 12, 2010
अर्घाखाँचीमा हरितालिका तिज
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
3:18 PM